शिक्षाविद् एवं समाजसेवी अङ्गुरबाबा जोशीको निधन

काठमाडौं । शनिवार शिक्षाविद् एवं समाजसेवी अङ्गुरबाबा जोशीको ८९ वर्षको उमेरमा निधन भएको छ ।

विभिन्न रोगबाट पिडीत उनको शनिबार २ः४५ बजे काठमाडौं, बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

पारिवारीक स्रोतका अनुसार जोशीको १७ वर्षअघि घाँटीमा क्यान्सर देखिएको थियो । शल्यक्रियामा क्यान्सर लागेको भाग काटेर फाल्दा उनको अनुहार बांगिएको थियो ।

तीन सातादेखि छातीमा समस्या देखिएको कारण जोशी अस्पताल भर्ना भएकी थिइन् ।

आज नै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टी गरिने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?