राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सबै सेवा बन्द

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकसहित चार जनामा कोरोना संक्रमण फेला परेपछि आकस्मिक लगायतका सेवा बन्द भएका छन् ।

अस्पतालले एक विज्ञप्ती जारी गर्दै एक चिकित्सक, दुई नर्स र एकजना स्वास्थ्यकर्मी गरी चार जनामा शुक्रबार संक्रमण फेला परेपछि उपचार सेवा बन्द गर्नु परेको जनाएको छ ।

प्रतिष्ठानका कायममुकायम रजिष्टार कैलाशप्रशाद देवद्धरा हस्ताक्षरित विज्ञप्तीमा अनुसार ३९ वर्षीय एक चिकित्सक, ३४ र २५ वर्षीया दुई नर्स र ४२ वर्षीय एक पुरुष स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ ।

कम्तिमा पनि अबको दुई दिनसम्म प्रतिष्ठान सिल गरिने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?