डिस्चार्ज भएका ७ जनामा पुनः देखियो कोरोना संक्रमण

काठमाडौं । पश्चिम नवलपरासीमा डिस्चार्ज भएका ७ जनामा पुनः कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको पाल्हीनन्दन गाउँपालिका ४ स्थित पाल्ही स्वास्थय केन्द्रको आइसोलेसनबाट डिस्चार्ज भएका ९ जना मध्ये ७ जनामा पुनः क्रोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

आईसोलेसनमा बसेर १४ दिन पुरा गरेको र कुनै लक्षण नभेटिएका ति कोरोना पोजेटिभहरु मध्ये विहिवार ७ र आज शुक्रबार २ जना गरि कुल ९ जनालाई घर पठाइएको थियो तर ति मध्ये पनुः ७ जनामा कोरोना पोजेटिभ देखिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?