निर्देशिका विपरित आएका नमुनाहरु संकलन र परीक्षण नगर्नुः स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण गर्न दवाव दिने गरेको भन्दै आपत्ती जनाएको छ ।

कतिपय व्यक्ति तथा निकायले सरकारले तोकेको निर्देशिका भन्दा फरक तरिकाले परीक्षण गर्नका लागि दवाव दिने गरेको पाइएको भन्दै मन्त्रालयले आपत्ती जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एक सूचना जारी गर्दै निर्देशिका विपरित र दवावमूलक तरिकाले कोरोना परीक्षण गर्दा आवश्यक परेका मानिसहरुमा समस्या पर्ने भन्दै त्यस्तो आग्रह गरेको बताए ।

साथै निर्देशिका विपरीत आएका नमुनाहरुको संकलन तथा परीक्षण समेत नगर्न समेत मन्त्रालयले सम्बन्धित निकायहरुलाई निर्देशन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?