१० किसिमका खोप मानिसमा प्रयोग भईरहेको जानकारी दिँदै डब्लुएचओले भन्यो – ‘छिट्टै आउन सक्छ’

काठमाडौं – गत वर्ष डिसेम्बर अन्तिम साताबाट चीनको वुहानबाट सुरु भएको भनिएको कोरोना भाईरस ‘कोभिड- १९’ को कारण सिंगो विश्व त्राहिमाम छ । मृत्युदर कम भएको यस भाईरसबाट ज्यान गुमाउनेको संख्या ७ देखि ९ हजारको बीचमा बढीरहेको छ । नेपालमा पनि यो भाईरसका कारण ७ हजार बढी मानिस संक्रमित भएका छन् भने २२ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म यसविरुद्धको भ्याक्सिन नबनेका कारण पनि यो भाईरससँग आम मानिस डराएका छन् । आत्तिएका छन् । दिर्घ रोगी, अशक्त, बृद्धबृद्धालाई यस महामारीको संक्रमण हुन्छ भनेतापनि केही युवा उमेरकाहरुको समेत यस भाईरसबाट मृत्यु भएको छ ।

विभिन्न देशका वैज्ञानिकहरु यस भाईरस विरुद्धको औषधीको लागि अहोरात्र खटिईरहेका छन् कतिपय देशमा यस भाईरसविरुद्धको भ्याक्सिन ‘ट्रायल’ भइरहेको छ । यसैबीच केहि दिन अघि बाहिरीएको एउटा समाचारले धेरैको ध्यान तानेको छ । त्यो समाचार हो,डेक्सामेथासोन नामक औषधी प्रयोग गरी कोभिड–१९ संक्रमित गम्भीर बिरामीको ज्यान जोगाइएको ।

बेलायती विशेषज्ञहरूले दिएको जानकारीको आधारमा बाहिरीएको यो समाचारले धेरै मानिसमका आशा जगाइरहेको छ ।

सस्तो र सर्वसुलभ पाइने डेक्सामेथासोन बाथ र दमको समस्या निदान गर्न प्रयोग हुने गरेको छ। संक्रमितको उपचारका लागि अनेक विकल्प र परीक्षण गरिरहेका बेलायती चिकित्सक र विशेषज्ञहरूले गम्भीर बिरामीको उपचारका लागि डेक्सोमेथासोनको प्रयोग सहायक सिद्ध हुने दावी गरेका छन्।

सन् १९६० को दशकदेखि बाथ र दमको उपचारमा डेक्सामेथासोन औषधी प्रयोग हुँदै आएको छ।

यसैबीच अहिले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ (WHO) ले यस वर्षको अन्तिमसम्ममा कोरोना भाइरस ‘कोभिड – १९’ को हजारौँ डोज उपलब्ध हुने बताएको छ ।

यसबाट कोरोनाको भाईरस शरीरमा प्रवेश गरेका निकै कमजोर र सबैभन्दा प्रभावित मानिसहरुलाई बचाउन सकिने बताएको छ ।

अहिलेसम्म कोरोना भाइरसको कुनै खोप बनेको छैन । तर, डब्ल्यूएचओका वैज्ञानिक सौम्या स्वामीनाथनका अनुसार विश्वभर अहिले दुई सयभन्दा धेरै सम्भावनाको विषयमा काम भइरहेको र करिब १० खोपको मानिसमाथि प्रयोग चलिरहेको जानकारी दिएकी छिन् ।

Dr Soumya Swaminathan appointed WHO's deputy director general for ...

उनले सबैकुरा ठिकठाक भएको खण्डमा यो वर्षको अन्तिमसम्ममा एक वा दुई सफल खोप सफल भई आईसक्ने बताएकी छिन् । उनले भनेकी छिन् – यो सस्तो पनि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?