सुदूरपश्चिम प्रदेशमा थप २२४ जनामा कोरोना पुष्टि

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप २२४ जना कोभिड १९ संक्रमित पुष्टि भएको छ ।

आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणबाट १९९ , सेती प्रादेशिक अस्पताल २४ र भेरी अस्पतालको प्रयोगशालाबाट गरिएको परिक्षण बाट १ जना गरी २२४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै संक्रमितको संख्या ४८४ पुगेको छ । यस अघि नै १११ जना संक्रमित निको भई घर गईसकेका छन भने ४ जना संक्रमितको मृत्यु भई सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?