काठमाडौं । कोरोना महामारीसँग लड्नको लागि सारा विश्वभरका वैज्ञानिक तथा डाक्टरहरु अहोरात्र खटिएका छन् ।
हर कोहि चाँडो भन्दा चाँडो भ्याक्सीन निर्माण गर्न चाहान्छ । तर वैज्ञानिकको एक नयाँ दाबीले झनै चिन्ता थपिएको छ ।
इम्पीरियल कलेजका प्रोफेसर रोबिन स्याटिकका अनुसार शुरुवाती भ्याक्सीन कोरोना भाइरसमाथि सहि साबित नहुन पनि सक्छ ।
त्यसैले औषधि तयार भए पनि कोरोनाबाट छुटकरा पाउन मुश्किल रहेको उनको तर्क छ । यसको मद्दतबाट गम्भीर अवस्थासम्म पेशेन्टलाई पुग्नबाट रोक्न भने सकिन्छ ।
अन्य वैज्ञानिकहरुले भने औषधिले सिभियरटी रोक्ने र इन्फेक्सन रोक्न सकेन भने पनि विश्वमा अर्को हंगामा हुने बताएका छन् ।
जस्तै हल्का ज्वरोको लागि औषधि । जसको प्रयोग गरेपछि केहि समयमा ठीक महशुस गर्न सकिन्छ । तर भीड वा संक्रमित मानिसको धेरै सम्पकैमा आउनुले भ्याक्सीन कुनै कामको हुँदैन । यसबाट मानिसमा झनै खतरा हुन्छ ।
सेन्ट लुईसमा रहेको वाशिंगटन यूनिभर्सिटीका वैज्ञानिक माइकल किन्चका अनुसार बिना लक्षणका संक्रमितका कारण कोरोनाको संक्रमण तीव्र गतिले बढीरहेको छ ।
यस्तोमा भ्याक्सीनको प्रयोग गरिसकेका कोरोना पोजेटिभ भएका र उनीहरुमा लक्षण सामान्य देखियो भने उनीहरुमा रोग लागेको थाहा हुँदैन ।
यस्तोमा उनीहरुको सम्पर्कमा आएका मानिसहरुमा पनि कोरोना भाइरस सर्न सक्छ । त्यसैले यस्तो स्थिती गम्भीर हुनेछ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया