रसुवागढी नाकाबाट आयात सुचारु गर्न चीन सहमत

काठमाडौं । चीनले रसुवागढी नाकाबाट हुने आयातलाई सुचारु गर्ने विषयमा सहमति दिएको छ ।

अर्थ मन्त्रालयका सहसचिव नवराज ढकालले नाका खोल्ने विषयमा चिनियाँ पक्षबाट सहमति प्राप्त भएको बताए ।

केरुङ नाका खुल्ने भएपछि अहिले व्यापारीहरु उत्साहित भएका छन् । उनीहरु नाका सुचारु भएलगत्तै सीमापारी रोकिएका सामान ल्याउने तयारीमा जुटेका छन् । अहिले सो नाकाबाट नेपाल भित्रिन तयारी अवस्थामा करिब १ हजार कन्टेनर रहेको राष्ट्रिय व्यापार महासंघका अध्यक्ष नरेश कुटवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?