नेपालमा १ हजार १ सय ६७ जनाले जिते कोरोना, आजै थपिए ५ सय ८६ संक्रमित

काठमाडौं । नेपालमा थप ९ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या १ हजार १ सय ६७ पुगेको छ ।
आज कोरोना संक्रमण मुक्त भएका ९ जना सबै पुरुष रहेका छन् ।

महेन्द गेनाइ अस्पताल सिराहबाट ६ जना डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । प्रवक्ता गौतमका अनुसार नारायणी अस्पतालबाट रौतहटका २ जना पुरुष र पर्साका १ जना पुरुष रहेका छन् ।

कोरोना जितेर घर फर्किनेमा महिला ११२ र पुरुष १ हजार ५५ रहेका छन् ।

पछिल्लो २४ घण्टामा ५८६ जनामा कोरोना पुष्टि, नेपालमा कुल संक्रमितको संख्या ७ हजार नाघ्यो

 नेपालमा आज (बुधवार) एकैपटक ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको जम्मा संख्या ७ हजार १७७ पुगेको छ ।

स्वास्थ्यमन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा आज एकैपटक ५८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार नेपालमा आज भेटिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म नेपालमा २० जनाको मृत्यु भईसकेको छ । आज नेपालमा बाँकेकी ४६ वर्षीया महिलाको मृत्युु भएको हो । त्यस्तै नेपालमा १ हजार १६७ जना संक्रमित निको भएका छन् ।

यसैबीच नेपालमा हिजो (मंगलवार) एकैपटक ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोनाको कारण नेपालमा हालसम्म २० जनाको मृत्यु भएको छ । जसमध्ये ३ जना महिला र १६ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

प्रादेशीक विवरणअनुसार प्रदेश ५ मा सबैभनदा धेरै अर्थात् ७ जनाको मृत्यु भएको छ । वाग्मती प्रदेशमा हालसम्म ४ जनाको मृत्यु भएको छ भने मृतकको संख्याको आधारमा प्रदेश २ र कर्णाली प्रदेशमा ३ ३ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेशमा २ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा १ जनाको मृतयु भएको छ । प्रदेश १ मा हालसम्म मृत्युको रेकर्ड छैन ।

कोरोनाबाट नेपालमा थप १ जनाको मृत्यु

नेपालमा कोरोनाको कारण थप १ जनाको कोरोनाको कारण ज्यान गएको छ । गत असार १ गते बाँकेको बैजनाथ गाउँपालिका ६ मा मृत्यु भएकी ४६ वर्षीया महिलाको पीसीआर रिपोर्ट आएको हो ।

उनी गत ३० जेठमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचार भर्ना भएकी थिइन् ।

उनपचारको क्रममा सोमबार साँझ साढे ६ बजेतिर निधन भएकी ती महिलाको कोरोना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

उनको कोरोना परीक्षणको लागि भेरी अस्पताल पठाइएको थियो र परीक्षणका क्रममा कोरोना पोजेटिभ आएको हो ।

। यसअघि बाँके जिल्लामा ४ जेठमा नरैनापुर गाउँपालिका ५ का २५ वर्षका युवाको कोरोनाबाट मृत्यु भएको थियो ।

यससँगै नेपालमा कोरोनाको कारण ज्यान जानेको संख्या २० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?