उपचारको क्रममा मृत्यु भएका एक बालकमा कोरोना पुष्टि

काठमाडौं । उपचारको क्रममा मृत्यु भएका एक बालकमा कोरोना पोजेटिभ देखिएको छ ।

वीरगन्ज हेल्थ केयर हस्पिटलमा हिजो(शुक्रवार) ५ वर्षीय बालकको मृत्यु भएका थियो ।

मृतक बालकको स्थायी घर बाराको निजगढ नगरपालिका–६ योजनाटोल हो । उनलाई शुक्रबार बिहान ११ बजेतिर वीरगन्ज हेल्थ केयर हस्पिटलमा ल्याइएको थियो ।

उनमा उच्च ज्वरो तथा नियमोनियको समस्या देखिएपछि आरडीटि परीक्षण गर्दा रिपोर्टमा पोजेटिभ देखाएको थियो । शुक्रवार नै उनको स्वाब संकलन गरि परीक्षण गर्दा कोरोना पोजेटिभ देखाएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?