काठमाडौं । ब्राजिलमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४१ हजार १ सय ६२ पुगेको छ । बितेको २४ घण्टामा ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८ लाख ९ हजार ३ सय ९८ पुगेको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म ३ लाख ९६ हजार ६ सय ९२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ब्राजिलमा १ सय बढीको ज्यान गएको छ ।
रसियामा बितेको २४ घण्टामा ८ हजार ९ सय ८७ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५ लाख ११ हजार ४ सय २३ पुगेको छ । यो समाचार तयार पार्दासम्म रसियामा ६ हजार ७ सय १५ जनाले ज्यान गुमाएका छन् भने संक्रमितमध्ये २ लाख ६९ हजार ३ सय ७० जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८ हजार ८ सय ९० पुगेको छ । बितको २४ घण्टामा ३ सय ८९ जनाको कोरोनाको कारण ज्यान गएको र ११ हजार १ सय ६ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म ३ लाख ९ हजार ३ सय ८९ जनामा कोरोना संक्रमण देखिएको भारतमा हालसम्म १ लाख ५४ हजार १ सय ३१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया