युएईबाट आएकी एक युवतीमा कोरोना पोजेटिभ

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) बाट नेपाल ल्याइएकी महिलामा कोरोना पोजेटिभ देखिएको छ ।

गत जेठ २३ गते शुक्रवार त्यहाँ समस्यामा परेका १५७ जना नेपालीलाई नेपाल ल्याइएको थियो ।
परीक्षणका क्रममा त्यहि टोलीमा आएकी २६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्रोतले जनाएको छ ।

विदेशबाट आएकाहरुलाई राख्न सरकारले विभिन्न ठाँउमा क्वारेन्टाइन बनाएको छ । नेपाल आएसँगै उनलाई पहिलो दिन खरीपाटी क्वारेन्टाइनमा राखिएको थियो ।

उनलाई दोस्रो दिन अर्थात शनिवार मुलपानीमा रहेको क्वारेन्टाइनमा सारिएको थियो । स्रोतका अनुसार त्यहाँ स्वाब संकलन गरि कोरोना परीक्षण गर्दा रिपोर्टमा कोरोना पोजेटिभ आएको हो ।

कोरोना संक्रमण देखिएसँगै उनलाई आज नै पाटन अस्पतालको आइसोलेसनमा पठाइएको र उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङको काम भइरहेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?