काठमाडौं । नेपालमा थप १६ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जित्ने को संख्या ८ सय ७७ पुगेको हो ।
आज काठमाडौंको बलम्बुबाट १ जना महिला र २ जना पुरुष डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै, पाटन अस्पतालबाट थप १ जना महिला डिस्चार्ज भएकी छिन् । साथै काठमाडौं मेडिकल कलेज दुवाकोटबाट २ जना महिला र १ जना पुरुष गरी जम्म ३ जना डिस्चार्ज भएका छन् । यसै गरी धरानबाट थप ८ जना पुरुष डिस्चार्ज भएका छन् ।
प्रवक्ता गौतमका अनुसार ह्याम्स अस्पताल काठमाडौंबाट १ जना डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज भएका ८ सय ७७ जना मध्ये ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् ।
पछिल्लो २४ घण्टामा ४४८ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ५ हजार नाघ्यो
नेपालमा आज (शुुक्रवार) एकैपटक ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डाक्टर जागेश्वर गौतमले आज नेपालमा एकैपटक ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
यो संख्या एकैदिनमा थपिएका आज सम्मकै धेरै कोरोना संक्रमितको संख्या हो ।
उनका अनुसार आज पाइएका संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
हालसम्म नेपालमा कोरोनाबाट १६ जनाको मृत्युः मन्त्रालय
नेपालमा थप १ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै कोरोनाको कारण मृत्यु हुनेको संख्या १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा ५७ वर्षीय पुरुष रहेका छन् । कोरोना संक्रमणको आशंकामा उनको स्वाब परीक्षण गर्दा बिहीवार रिपोर्ट पोजेटिभ आएको थियो ।
वडा नम्वर ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका उनको उपचार गरी फर्कर्दै गर्दा बाटोमै मृत्यु भएको हो । घाँटीको शल्यक्रिया समेत गरेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्कमा सामान्य उपचारपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल सिफारिस गरिएको थियो ।
लुम्बिनी प्रादेशिक अस्पतालमा बुधबार उपचारपछि घर फर्कदै गरेका उनको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको थियो । योसँगै अर्घाखाँचीमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया