प्रहरीको बन्दुक खोसेपछि सीमामा झडप एक जनाको मृत्यु, भएको के हो ?

काठमाडौं – सर्लाहीको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा ३ जना घाइते भएका छन् ।

भारतीय नागरिकले नेपालतर्फ आएर सशस्त्र प्रहरीको हतियार खोस्न खोजेपछि सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको प्रहरीले जनाएको छ ।

सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर–३ स्थित नारायणपुरस्थित सीमा हुँदै केही भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले सोधपुछको लागि रोकेपछि विवाद सुरु भएको थियो । सो क्रममा भारतीय नागरिकले सशस्त्र प्रहरीको एसएलआर बन्दुक खोस्ने प्रयास गरेको बताइएको छ ।

सशस्त्र प्रहरीसँग निहुँ खोज्दै भारतीय नागरिकले बन्दुक खोसेपछि झडपले उग्र रुप लिएको हो ।

यसअघि पनि सीमामा झगडा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?