अप्ठेरोमा परेका नेपालीलाई युएइबाट ल्याउन ४ उडान तय, यस्ता छन् ‘शर्त’

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएईमा) लकडाउनका कारण समस्यामा परेका नेपालीहरुलाई घर फर्काउन अबुधाबीस्थित नेपाली दूतावासले पहल गरेको छ ।

दूतावासले त्यहाँ रहेका नेपालीहरुलाई उद्धार गरी नेपाल फर्काउन ४ उडानहरु तय गरेको छ ।

पहिलोचरणको उडान जुन १६ देखि २३ सम्म हुने दूतावासले जनाएको छ । बिहीवार एक सूचना जारी गर्दै नेपालीहरुलाई दुतावासले सामाजिक सञ्जाल एवम् टेलिभिजनबाट जारी गरेको विवरण भर्नको लागि समेत अनुरोध गरेको छ ।

नेपाल फर्किन चाहने नेपालीहरुका लागि दूतावासले विभिन्न सर्तहरु समेत लागू गरेको छ ।

यो पनि पढ्नुहोस् :
कुवेतबाट फर्किएका नेपाली काठमाडौं आईपुगे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?