प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली संसदीय दलको नेता चयन

काठमाडौं, ३ फागुन । प्रधानमन्त्रीमा नियुक्त भएका एमाले अध्यक्ष केपी ओली पार्टी संसदीय दलको नेता चयन भएका छन् बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको संसदीय दलको बैठकले ओलीलाई नेतामा चयन गरेको हो राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेलगत्तै विहीबार दिउँसो एमालेको पहिलो संसदीय दलको बैठक बसेको थियो बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले ओलीलाई संसदीय दलको नेता चयन गर्न गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो संसदीय दलको नेता चयन भएका ओलीले केहीबेरमा प्रधानमन्त्रीको शपथ लिदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?