सुर्खेतमा मृत्यु भएका युवकमा कोरोना नेगेटिभ

काठमाडौं । भारतको गुजरातबाट मंगलबार वीरेन्द्रनगर आइ मंगलबार राती नै निधन भएका युवकमा कोरोना भाइरस नेगेटिभ रिपोर्ट आएको छ । भारतबाट आएका उनलाई प्रदेश अस्पतालमा नपुर्याउँदै मृत्यु भएपछि कोरोना भाइरस लागेको हुनसक्ने आसंका गरिएको थियो ।

सोहिअनुसार उनको स्वाव जाँच्दा रिर्पोट नेगेटिभ आएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले जानकारी दिए ।

उनका अनुसार सुर्खेतको चिंगाड गाउँपालिकाका २२ वर्षका युवक हिजो मात्रै रुपैडियाबाट आएका थिए ।

यो पनि पढ्नुहोस् : भारतबाट आएका एक युवकको सुर्खेतमा मृत्यु, कोरोना रिपोर्ट आउन बाँकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?