लक्ष्मी पौडेल /सुर्खेत । भारतको गुजरातबाट मंगलबार सुर्खेतको वीरेन्द्रनगर आउँदै गर्दा एक युवाको मृत्यु भएको छ ।
सुर्खेतको चिंगाड गाउँपालिकाका एक युवकको भारतबाट सुर्खेत आउँदै गर्दा मंगलबार राति बाटोमै निधन भएको हो । मृत्यु पश्चात उनको शव प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ ।
प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काका अनुसार मंगलबार राती साढे बाह्र बजे अस्पतालमा ल्याइएको र जाँच गर्न जाँदा उनी अस्पतालमा मृत अवस्थामा फेला परेका हुन् ।
उनले उनको आरडिटी पनि परिक्षण नगरिएको बताए । उनले कोरोना भए नभएको अहिले भन्न नसकिने बताए । ‘राति नै स्वाव संकलन भएकोले रिपोर्ट दिउँसो आउने उनले बताए ।
हालसम्म नेपालमा कोरोनाको कारण ४ जनाको मृत्यु भइसकेको छ । महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस ‘कोभिड १९’ को कारण नेपालमा ७७२ जना संक्रमित भएका छन् भने हिजो मंगलबार एकैदिन ९० जनामा संक्रमण पुष्टि भएको थियो । आज नेपालमा लकडाउन गरिएको ६५ औँ दिन हो ।
लकडाउनको समय बढ्दै जाँदा संक्रमित तिव्र गतिमा बढीरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया