काठमाडौं । नेपालमा थप २८ जना डिस्चार्ज भएका छन् ।
नारायणी अस्पलाबाट पर्साका २१ जनाले कोरोना संक्रमण जितेका छन् । जसमा डेढ वर्षको बालक देखी ६२ वषसम्मका रहेका छन् । जसमध्ये ५ महिला र १६ जना पुरुष रहेका छन् । उनीहरु ११ औ दिनमा डिस्चार्ज भएका हुन् ।
त्यस्तै, कोसी अस्पतालबाट उदयपरका४ जना डिस्चार्ज भएका छन् । उनीहरु ३६ देखी ६५ वर्ष सम्मका रहेका छन् । जसमध्ये ३ जना पूरुष र १ जना महिला रहेका छन् । उनीहरु १७ औ देखि ३६ दिनसम्ममा डिस्चार्ज भएका हुन् ।
बाँकेबाट २ जना डिस्चार्ज भएका छन् र बर्दियाकी ११ वर्षिय बालिकापनि आजै डिस्चार्ज भएकी छन् ।
बुधबारसम्म १ सय ८३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर १ मा ३० जना , प्रदेश नम्बर २ मा ९७ जना, वागमती प्रदेशमा ११ जना र गण्डकी प्रदेशमा २ जना निको भएर घर फर्किएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३८ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना डिस्र्चाज भएका छन् ।
यो पनि पढ्नुहोस् : नेपालमा एकैपटक ११४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८८६ पुग्यो
रुकुम पूर्वमा पहिलोपटक कोरोना संक्रमण पुष्टि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया