स्याङ्जाको क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना पोजेटिभ

काठमाडौं । स्याङ्जाका दुई पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

६ दिनअघि नयाँदिल्लीबाट आएका उनीहरूको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।

ती दुबै युवकलाई भारतबाट आउनुबित्तिकै सिधै क्वारेन्टाइनमा राखिएको थियो ।

क्वारेन्टाइन बसेका उनीहरुको पीसीआर परीक्षणको क्रममा दुबै जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?