सिरहा । आज (मंगलवार) सुर्खेत, गुल्मी र सिरहामा गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सिरहामा ५, गुल्मीमा २ र सुुर्खेतमा १२ गरी आज थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्णदेव यादवका अनुसार भगवानपुर गाउँपालिका वडा नं ४ का ४ जना ३६, २६,२९,३७ वर्षीय पुरुष र नवराजपुर गाउँपालिकाका १ जनामा गरी जम्मा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरु भारतको विभिन्न ठाउँबाट आएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए ।
यसैगरी सुर्खेतको वीरेन्द्रनगरका विभिन्न वडा र सिम्तामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने गुल्मीको धुर्कोटमा पनि २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया