नुवाकोटका कोरोना संक्रमितको भैंसेपाटीमा डेरा, कोरोनाको कुनै लक्षण थिएन

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकाका कोरोना संक्रमित व्यक्ति ललितपुरमा बस्दै आएको खुलेको छ। उनी लकडाउनपछि गाउँ केन्द्रीत भएपनि बारम्बार आउजाउ गरिरहन्थे ।
ती संक्रमितले पनि आफ्नो कार्यक्षेत्र ललिपुर नै भएकाले त्यहाँ आउजाउ भइरहेको स्वीकारेका छन् ।

उनका अनुसार भैंसेपाटीमा उनको कोठा रहेको छ भने त्यहाँ उनको आउजाउ भइरहेको छ । यस्तै ललिपुरमा राहत वितरणदेखि विभिन्न राजनीतिक दलका व्यक्तिहरुसँग पनि उनको भेटघाट भएको बताइएको छ ।

‘राजनीतिक व्यक्तिपनि भएकाले स्वभाविक रुपमा भेटघाटहरु हुने नै भए’, उनले भने, ‘आज बिहानमात्रै पानी बनाइँदै थियो त्यहाँ पुग्दा धेरैसँग भेट भएको छ । साथै घरसायी कामकाज सामान्यरुपमा गरिरहेकै थिएँ । अन्यसँग सम्पर्क पनि भएको थियो ।’ यद्यपी सामाजिक दूरी भने सकेसम्म कायम गरिएको उनको भनाइ छ ।

‘कोरोनाको लक्षणको रुपमा रुघाखोकी लागेकै थिएन । तन्दरुस्त नै थिएँ, यस्तो अवस्थामा कोरोना लाग्यो भनेर सोच्ने कुरै भएन । गाउँघरको परिवेशअनुसार व्यक्तिगत कामकाज र भेटघाट स्वभाविक नै हो ।’ उनले भने ।

संक्रमितको घरमा ९ जनाको परिवार रहेको र उनीहरु सबै अहिले घरमै सेल्फ क्वारेन्टाइनमा रहेका छन् । उनीहरुको पीसीआर टेस्टका लागि नमुना परीक्षणको तयारी गरिएको छ ।
यसैबीच उनको ट्राभल हिष्ट्री ललितपुर खुल्न आएसँगै ललितपुर प्रहरीले भैसेपाटीमा उच्च सतर्कता अपनाएको बताइएको छ ।

ती संक्रमित बिच बाटोसम्म मोटरसाइकलमा आइतबार काठमाडौं आएका थिए । तर बीचबाटोमा भने एम्बुलेन्स पुगेको थियो । उनको अहिले टेकुको आइसोलेशनमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?