काठमाडौं । गुल्मी जिल्लाको क्वारेन्टाइनमा बसेका ३९६ मध्ये शुक्रबारसम्म ३२७ व्यक्ति घर फर्किसकेका छन् । भारत लगायत तेस्रो मुलुक र जिल्ला बाहिरबाट आएका अधिकांशलाई स्थानीय पालिकाकाले १४ दिनसम्म क्वारेन्टाइनमा राखेर घर पठाएका हुन् ।
क्वारेन्टाइनमा रहेका सबैको आरडिटी र केही शङ्कास्पदको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फिर्ता गरिएको गुल्मीका प्रमुख जिल्ला अधिकरी भरतकुमार शर्माले बताए ।
जिल्लाका १२ पालिकामा निर्मित १२८ क्वारेन्टाइनबाट १६१ को आरडिटीसमेत गरिसकिएको छ । आरडिटी गरिएका १६१ र स्वाब परीक्षण गरिएका ७५ गरी सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख भवानीप्रसाद शर्माले जानकारी दिए ।
- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया