काठमाडौं । गत शुक्रवार सिंहदरबार अघि नेपाल प्रहरीमाथि हातपात गर्ने चिनियाँ नागरिकहरुलाई १० दिन हिरासतमा राखि अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको छ ।
लकडाउन उल्लंघन गर्दै सिंहदरवार अगाडी ४७ जना चिनियाँ नागरिक जम्मा भएपछि प्रहरीले भिडलाई तितरवितर पार्न खोजेको थियो । त्यसैक्रममा उनीहरुले प्रहरीलाई कुटपिट समेत गरेका थिए । पैसा सकिएर नेपालमा बस्न नसक्ने स्थिति भएका बताउँदै उनीहरुले स्वदेश फिर्तीको माग गरेका थिए ।
अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि चार जनालाई हिरासतमा राख्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनुमति दिएका हुन् ।
दुइपक्षबीचको झडपका क्रममा चिनियाँ नागरिकहरुले महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेत र अर्की एक जना महिला प्रहरीलाई कुटपिट गरेर घाइते बनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया