लकडाउनमा पनि रोकिएन सडक निर्माणको काम (भिडियोसहित)

काठमाडौं । कोरोना जोखिम कम गर्न सरकारले घोषणा गरेको लकडाउनको अवस्थामा पनि विकास निर्माणका कामले निरन्तरता पाइरहेका छन् । कतै बाटो बनाउँलै गरेको त कतै पुल निर्माण कतै सडक मर्मत तथा पक्कि बनाउने काम भइरहेका छन् ।

त्यस्तैको एक उदाहरण हो पिएम शान्ति जेभि निर्माण कम्पनीले गरिहेको काम । हाल उक्त निर्माण कम्पनीले काठमाडौंको सिफलमा सडक कालोपत्रे गर्ने काम गरिरहेको छ । पिएम शान्ति जेभि निर्माण कम्पनीले त्यहाँ मात्र नभएर काठमाडौंको बालुवाटार, कालोपुल, धुम्बाराही, शंखपार्क, नक्साल तथा मैतीदेवि लगायतका ठाँउहरुमा समेत निर्माणको काम भइरहेको छ । लकडाउनका कारण सवारी चाप साथै मानिसहरुको समेत चाप कम रहेको छ । जसको कारण काम गर्न सहज पनि छ ।

अन्य समयमा भिडभाड तथा सवारी चापका कारण काम गर्न असहज हुने गरेकोमा भने लकडाउनका कारण काम गर्न सजिलो भएको काठमाडौं सडक डिभिजन कार्यालका साइट प्रमुख सुपरभाइजर धर्मेन्द्र धामीले बताए । अन्य समयमा दिउसोमा काम गर्न असहज हुने भएकाले राती गर्न पर्ने बाध्यता रहेको पनि उनले बताएका छन् । उनले भने, अहिले काम गर्न सहज भएको छ, नत्र रातभर गर्नपथ्र्यो ।

लकडाउनका कारण विकास निर्माणको काम मात्र नभएर वातावरणमा पनि सुधार आएको छ । अत्याधिक चापका कारण वायु तथा ध्वनी प्रदुषण हुने गरेकोमा मानिसहरुको आवागमन कम भएकाले हाल वातावरणमा समेत सुधार आएको विज्ञहरुको भनाइरहेको छ ।

https://www.facebook.com/lokpath/videos/2648172665453063/?t=14

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?