काठमाडौं- विदेशबाट परीक्षण किट ल्याएपछि सरकारले पीसीआर परीक्षणको दायरा बढाएको छ ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ३ सय १६ वटा नमूनाको पीसीआर विधिबाट जाँच गरिएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले दिएको जानकारी अनुसार नेपालमा हालसम्म १६ हजार ८ सय ९८ जनाको पीसीआर विधि (Lab ) मा कोरोना संक्रमण परीक्षण गरिएको छ । सरकारले केहि दिन अगाडी विदेशबाट यो किट नेपाल ल्याएको थियो । प्रवक्ता देवकोटा भन्छन्, विदेशबाट फर्किएका, संक्रमितको कन्ट्याक ट्रेसिङ गर्दा सम्पर्कमा रहेका व्यक्ति र अलिक बढी जोखिम क्षेत्रको क्षेत्रमा रहेका व्यक्तिमा परीक्षण पनि बढाइएको छ । उनले थपे, “आरडिटी विधीमार्फत् ५६ हजार ६ सय ५७ जनामा कोरोना जाँच गरिएको छ ।”
प्रदेश नम्बर १ मा ७ हजार ५५ जना प्रदेश नम्बर २ मा ५ हजार ८ सय ९० जना, वाग्मती प्रदेशमा ९ जार १ सय ८१ जना, गण्डकी प्रदेशमा ६ हजार ३ सय ७७ जना प्रदेश ५ मा ६ हजार ७७४ जना कर्णाली प्रदेशमा ६ हजार ३६३ जना र सुदूरपश्चिम प्रदेशमा १४ हजार ९ सय १० जना गरी ५६ हजार ६ सय बढीको जाँच गरीएको हो ।
मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार हालसम्म पिसीआर विधीमार्फत् १६ हजार ८ सय ९८ जनाको कोरोना परीक्षण गरिएको छ भने आरडिटी विधीमार्फत् ५६ हजार ६ सय ५७ जनामा कोरोना जाँच गरिएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ सय १० पुगेको छ । जसमा ७८ पुरुष र ३२ जना महिला रहेका छन् । उनिहरुमध्ये प्रदेश १ मा ३५, प्रदेश २ मा ३१ र वाग्मती प्रदेशमा ७ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये ३१ जना निको भएका छन् भने बाँकी संक्रमितमध्ये २७ जना विरगंजमा, २१ जना विराटनगरमा, रुपन्देहीमा ६ जना, नेपालगन्जमा २४ जना, भरतपुरमा १ जना गरी ७९ जना संक्रमितको उपचार भइरहेको छ । उनीहरु सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालको विवरणअनुसार आईसोलेसनमा बस्नेको संख्या १ सय ६४ छ ।
उनीहरुमध्ये ३ जना काठमाडौंमा र १ सय ६१ जना काठमाडौं बाहिर छन् । तिमध्ये प्रदेश १ मा २३ जना, प्रदेश २ मा ४५ जना, वाग्मती प्रदेशमा ३८ जना र प्रदेश ५ मा ५७ जना रहेका छन् । उनीहरु शंकास्पद बिरामी हुन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै १३ हजार ६ सय २५ जना क्वारेन्टाईनमा छन् । तिमध्ये प्रदेश नम्बर १ मा १२ सय ३८ जना, प्रदेश नम्बर २ मा १ हजार ४ सय ४३ जना, वाग्मती प्रदेशमा ११० जना, गण्डकी प्रदेशमा २४२ जना प्रदेश ५ मा ४ हजार ९ सय ४२ जना, कर्णाली प्रदेशमा २ हजार ३ सय २६ जना र सुदूरपिश्चम प्रदेशमा ३ हजार ३ सय २४ जना रहेका छन् ।
यस्तै मन्त्रालयको वेवपेजमा विभिन्न स्थानबाट मानिसहरुले भरेको विवरण अनुसार ३४ हजार २ सय ५७ जनामध्ये हालसम्म हालसम्म ३४० जना रेड जोनमा परेका छन् । यो भनेको संभावित संक्रमित हुन् ।
उनीहरुको सम्बन्धित मन्त्रालयबाट ट्रेसिङ गर्ने कार्य भइरहेको छ ।
यो पनि पढ्नुहोस् :
यौनसम्पर्कबाट सर्छ कोरोना ? संक्रमित पुरुषको वीर्यमा पनि कोरोना पाइएपछि अध्ययन थालियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया