काठमाडौं – नेपालमा हालको विवरणअनुसार आईसोलेसनमा बस्नेको संख्या १ सय ६४ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा दिइएको जानकारी अनुसार उनीहरुमध्ये ३ जना काठमाडौंमा र १ सय ६१ जना काठमाडौं बाहिर छन् । तिमध्ये प्रदेश १ मा २३ जना, प्रदेश २ मा ४५ जना, वाग्मती प्रदेशमा ३८ जना र प्रदेश ५ मा ५७ जना रहेका छन् । उनीहरु शंकास्पद बिरामी हुन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
जानकारी अनुसार १३ हजार ६ सय २५ जना क्वारेन्टाईनमा छन् । तिमध्ये प्रदेश नम्बर १ मा १२ सय ३८ जना, प्रदेश नम्बर २ मा १ हजार ४ सय ४३ जना, वाग्मती प्रदेशमा ११० जना, गण्डकी प्रदेशमा २४२ जना प्रदेश ५ मा ४ हजार ९ सय ४२ जना, कर्णाली प्रदेशमा २ हजार ३ सय २६ जना र सुदूरपिश्चम प्रदेशमा ३ हजार ३ सय २४ जना रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार हालसम्म पिसीआर विधीमार्फत् १६ हजार ८ सय ९८ जनाको कोरोना परीक्षण गरिएको छ भने आरडिटी विधीमार्फत् ५६ हजार ६ सय ५७ जनामा कोरोना जाँच गरिएको छ ।
प्रदेश नम्बर १ मा ७ हजार ५५ जना प्रदेश नम्बर २ मा ५ हजार ८ सय ९० जना, वाग्मती प्रदेशमा ९ जार १ सय ८१ जना, गण्डकी प्रदेशमा ६ हजार ३ सय ७७ जना प्रदेश ५ मा ६ हजार ७७४ जना कर्णाली प्रदेशमा ६ हजार ३६३ जना र सुदूरपश्चिम प्रदेशमा १४ हजार ९ सय १० जना गरी ५६ हजार ६ सय बढीको जाँच गरीएको हो ।
गत २४ घण्टामा १ हजार ३ सय १६ वटा नमूना जाँच गरिएको छ ।
यस्तै मन्त्रालयको वेवपेजमा विभिन्न स्थानबाट मानिसहरुले भरेको विवरण अनुसार ३४ हजार २ सय ५७ जनामध्ये हालसम्म हालसम्म ३४० जना रेड जोनमा परेका छन् । यो भनेको संभावित संक्रमित हुन् । उनीहरुको सम्बन्धित मन्त्रालयबाठ ट्रेसिङ गर्ने कार्य भइरहेको छ ।
गत २४ घण्टामा २०६ जनाले यस्तो विवरण भरेकोमा कुनैपनि व्यक्ति रेड जोनमा परेका छैनन् ।
हालसम्म नेपालमा १ सय १० जना संक्रमितमध्ये ३१ जना निको भएर घर फर्केका छन् भने बाँकी ७९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये ७८ जना पुरुष र ३२ जना महिला हुन् ।
मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले दिएको जानकारी अनुसार हालसम्म विरगंजमा २७ जना, विराटनगरमा २१ जना रुपन्देहीमा ६ जना, नेपालगन्जमा २४ जना, भरतपुरमा १ जनागरी ७९ जना संक्रमितको उपचार भइरहेको छ । उनीहरु सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
उनीहरुमध्ये प्रदेश १ का ३५ जना प्रदेश २ का ३१ जना वाग्मती प्रदेशका ७ जना गण्डकी प्रदेशका २ जना प्रदेश ५ का ३० जना र सुदूरपश्चिम प्रदेशका ५ जना रहेका छन् ।
यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना भाइरसको महामारीबाट २ लाख ८० हजार ८ सय ७७ जनाको मृत्यु भइसकेको छ भने ४१ लाख २२ हजार ८ सय ८५ जना संक्रमित छन् । उनीहरुमध्ये १४ लाख ५१ हजार बढी निको भएका छन् । ४७ हजार ६ सय ६७ जना गम्भिर बिरामी छन् ।
संक्रमित पुरुषको वीर्यमा पनि देखियो कोरोना, यौन सम्पर्कबाट सर्नेबारे अध्ययन थालियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया