काठमाडौं । कोरोना भाइरसको महामारीमा खगोलीय दृश्यहरु भने एकपछि अर्काे भईरहेका छन् । सुपमून र उल्कापिण्ड देखेपछि अब फेरी आकाशगंगामा पुच्छ्रे तारा देखिँदै छ ।
उक्त तारा पृथ्वीको नजिकै भएर जान लागेको वैज्ञानिकहरुले बताएका छन् । यो तारा एकदमै चम्किलो हुनेछ । साथै यसको पुच्छर नीलो रङको हुनेछ ।
पुच्छ्रे तारा पृथ्वीबाट करिव ७.५ करोड मील दूरी टाढा बाट जाँदैछ । पुच्छ्रे तारा एउटा त्यस्तो तारा मध्येको एक हो, जसलाई हामीले आफ्नो आँखाले सहजै देख्न सक्दछौँ । तर उत्तरी गोलार्द्धमा भने यो यहि महिनाको अन्तिममा देख्न सकिनेछ ।
स्वानलाई सोलर हेलियोस्फेरिक अब्जर्भर अन्तरिक्ष यानको सोलर विन्ड एनिसोट्रोपिस नामको क्यामेराबाट खिचिएको तस्वीरबाट खोजिएको थियो । यो ओज यहि वर्ष मार्च २५ मा भएको थियो ।
के हो पुच्छ्रे तारा ?
पुच्छ्रे तारा पनि क्षुद्रग्रहको जस्तै हुन्छ । जसले सूर्याको परिक्रमा गर्दछ । यिनीहरुको पनि एक कक्ष हुन्छ । पुच्छ्रे तारा ग्यास, धुलो र बर्फबाट मिलेर बनेको हुन्छ ।
यो ताराको पुच्छर हुन्छ, जो हरेक दिन सूर्यको विपरितत दिशामा हुन्छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया