झिमरुक । गए राति हावाहुरीसहित परेको पानीले प्युठान नगरपालिका वडा नं ४ विजुवार गणतान्त्रिक खेलमैदानमा निर्माण गरिएको क्वारेन्टाइनमा उडाएको छ ।
रातको करिब २ बजे मस्त निद्रामा भएका समयमा पानी परेपछि क्वारेन्टिन उडाएको थियो । लगातार परेको भीषण वर्षा र हावाहुरीको कारण मध्यरातपछि उनीहरु सुत्नै पाएका छैनन् ।
प्युठान २ सिद्धार्थ सामुदायिक संस्थाको क्वारेन्टिनमा १५ दिनदेखि बस्दै आएका आएका पाँच जनाको आरडिटी गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ आएपछि तिनलाई गणतान्त्रिक खेलमैदानको क्वारेन्टाइनमा राखिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेले बताए।
उनीहरुलाई तत्काल सुरक्षित ठाउँको ब्यवस्थापन गरिने जनाइएको छ । हावाले क्वारेन्टाइनका केही संरचना उडाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।
जोखिममा रहेकाको पिसिआर परीक्षण
जिल्लामा जोखिममा रहेकाहरुको पिसिआर परीक्षणका लागि स्वाब पठाइएको छ । प्युठान नगरपालिका बाट ११ र गौमुखी गाउँपालिकाबाट २८ गरी ३९ जनाको शनिवार स्वाब संकलन गरी आज प्रदेश जनस्वास्थ्य प्रयोगशाखा भैरहवा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
शनिबार प्युठान –२ दाखाक्वाडीका दुई व्यक्तिमा आरडिटी नतिजा पोजेटिभ देखिएपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले जानकारी दिए।
उनका अनुसार बहराइनबाट आएका एक, कतारबाट आएका चार र भारतबाट आएका तथा उच्च जोखिममा रहेका २३ सहित गौमुखी गाउँपालिकाबाट २८ र प्युठान नगरपालिकाका ११ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरी पठाइएको प्रमुख सुवेदीले जानकारी दिए। जिल्लाभर क्वारेन्टिनमा रहेका र अन्य जोखिमपूर्ण ठाउँबाट आएका भए स्वाव टेष्ट गराइने सुवेदीको भनाइ छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया