चट्याङले गोठमा आगलागी

गुल्मी । मुसिकोट नगरपालिका –९ अर्लाङ्कोटको दासिकोटमा आज चट्याङ पर्दा एउटा गोठमा आगलागी भएको छ । चटयाङले डाँसिकोट पखरेबारी निवासी प्रेमबहादुर विकका गोठमा रहेको भैँसी मरेको वडाध्यक्ष नरेशराज खरेलले बताए।
आगलागीबाट गोठको माथिल्लो तलामा रहेको खाद्यान्नलगायत अन्य सामग्रीसमेत जलेर पूर्ण नष्ट भएको छ । राति ठूलो आवाजमा चट्याङ परेपछि आगलागी भएको थाहा पाएपछि स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?