कोरोना कहर: युरोपमा हालसम्म साढे १ लाख बढीको मृत्यु, सर्वाधिक मानवीय क्षति बेलायतमा

काठमाडौं । युरोममा हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ५१ हजार ६०० नाघेको छ ।

शनिबार अबेरसम्मको तथ्यांकअनुसार १६ लाख ४ हजार बढी मानिस यही महादेशमा संक्रमित रहेका छन् भने बितेको २४ घण्टामा मात्रै २३ हजार संक्रमित थपिएका छन् ।

यसैगरी १ हजार १०२ जनाको बितेको २४ घण्टामै मृत्यु भएको छ ।

समाचारअनुसार कोरोनाबाट युरोपकै सर्वाधिक मानवीय क्षति बेलायतमा भएको छ ।

बेलायतमा हालसम्म ३१ हजार ५८७ जनाले ज्यान गुमाएका छन् । त्यसपछि इटालीमा ३० हजार ३९५ ले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?