कोरोना: एशियाका यी देशमा भयो बितेको २४ घण्टामा मानवीय क्षति

काठमाडौं । बितेको २४ घण्टामा एशियाली मुलुकमा कोरोनाको कारण २९० जनाको मृत्यु भएको हो ।

शनिबार राति अबेरसम्म यो तथ्यांक बाहिरिएको छ ।

टर्कीमा ५० जनाले बितेको २४ घण्टामा ज्यान गुमाएका छन् । यस्तै इरानमा ४८, भारतमा १०४, साउदी अरेबियामा १०, पाकिस्तानमा १९, कतारमा १, बंगलादेशमा ८, इन्डोनेशियामा १६, फिलिपिन्समा ८, मलेसियामा १, अफगानिस्तानमा ६, अर्मेनिया, ओमान र थाइल्याण्डमा१–१ तथा इराक र अजरबैजानमा ३–३ जनाको मृत्यु भएको छ ।

उता ताजकिस्तानमा ८ जनाको मृत्यु हुँदा अन्य मुलुकमा मानवीय क्षति भएको छैन ।

हालसम्म एसियाली मुलुकमा कूल २१ हजार ७९१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भने भारतमा सर्वाधिक १०४ जनाको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?