नेपालमा थप एक जनामा कोरोना पुष्टि, संकमितको संख्या ११० पुग्यो

काठमाडौं । उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उदयपुरको भुल्केकी एक महिलामा कोरोना पोजेटिभ पुष्टि भएको प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना पोजेटिभको संख्या ३५ पुगेको छ भने निको हुनेको संख्या १४ रहेको छ । आजै प्रदेश नम्बर १ मा ३ जनामा कोरोना पुष्टि भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?