नेपालमा १ सय ४३ जना शंकास्पद बिरामीको आइसोलेसनमा उपचार हुँदै

काठमाडौं – काठमाडौं उपत्यकामा २ र उपत्यकाबाहिर १ सय ४१ जना कोरोनाभाइरसको शंकास्पद बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरु सबै १४३ जनाको आइसोलेनमा उपचार भइरहेको छ । मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङ मा प्रवक्ता डाक्टर विकास देवकोटाले दिएको जानकारी अनुसार

मन्त्रालयले देशका विभिन्न स्थानमा स्थापना भएका क्वारेन्टाइनमा १४ हजार ५ सय ९२ जना रहेका छन् ।

यस्तै नेपालमा कोरोना संक्रमण देखिएका १ सय ९ जनामध्ये सबैभन्दा बढी प्रदेश नम्बर १ मा रहेको मन्त्रालयले जनाएको छ ।

शनिबारसम्म संक्रमितको संख्या १ सय ९ पुग्दा प्रदेश नम्बर १ मा ३४ जनामा संक्रमण देखिएको डाक्टर देवकोटाले बताए ।-फाईल फोटो  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?