काठमाडौं । हास्य कलाकार कुमार कट्टेलले प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो साख, जनमत र देशको सिमाना बचाउन नसकेको बताएका छन् ।
शनिवार सामाजिक सञ्जाल फेसबुकमा उनले प्रधानमन्त्रीले देशको सिमाना नभएर आफ्नो सत्ता र कुर्सी मात्र बचाउन सकेको बताएका हुन् ।
उनले भने, ‘प्रधानमन्त्री ज्यूले न देशको सिमा बचाउन सक्नु भयो , न आफ्नो साख बचाउन सक्नु भयो , न जनमत नै बचाउन सक्नु भयो । सक्नु भयो त केबल सत्ता र कुर्सि मात्र ।’
नेपाली सीमामा रोड बनेर उद्घाटन भईसक्दा समेत सरकारलाई थाहा छैन भन्ने जानकारी सरकारले दिएपछि कलाकार कुमार कट्टेलले त्यसमा आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लखेका हुन् ।
उनले भारतले लिपुलेक हुँदै चीन जोड्ने सडक बनाएर उद्घाटन भईसक्दा समेत नेपाल सरकारलाई थाहा नभएकोमा आक्रोश पोखेका छन् ।
कलाकार कट्टेलले शनिवार सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी सबैका अभिभावक सम्माननिय प्रधानमन्त्री ज्यु , न देशको सिमा बचाउन सक्नु भयो , न आफ्नो साख बचाउन सक्नु भयो , न जनमत नै बचाउन सक्नु भयो । सक्नु भयो त केबल सत्ता र कुर्सि मात्र
भारतले लिपुलेक हुँदै चीन सम्म जोड्ने सडक निर्माण गरि उद्घाटन गर्दा तपाईको सरकारलाई थाहै छैन रे
सायद अपहरण काण्ड , ओम्नि काण्डमा ब्यस्त भएर होला ।
प्रधानमन्त्री ज्यू खुम्चिएको तपाईको साख जोगाउने हो भने
माक्स , पन्जा लगाउनुस र सेनिटाइजर खल्तिमा हालेर नेपाल वायुसेवा निगमको विमान चडेर दिल्ली प्रस्थान गरि तत्काल संवाद शुरु गर्नूस् ।
होईन भने देशको सिमाना र स्वाभिमानको लागि तपाईंले लगाएको लकडाउन तोड्दा कोरोना भाइरस लागेर मरिन्छ भनेपनि हामी हाँसीहाँसी मर्न तयार छौँ
जय देश जय स्वाभिमान ??’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया