अमेरिकन आइडलमा दिवेश पोखरेल, काठमाडौंमा प्रदर्शन

काठमाडौं । अमेरिकन आइडलमा प्रतिस्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेलको समर्थनमा काठमाडौँमा प्रदर्शन भएको छ ।

यो सिजनको टप टेन भित्र परेका नेपाली युवक दिवेश पोखरेलको समर्थनमा काठमाडौँमा ब्यानर प्रदर्शन गरिएको हो । गायक दिवेश पोखरेलकी ९३ वर्षीय हजुरआमा समेत ब्यानर प्रदर्शनमा आएकी थिइन् ।

आफ्नो गायन प्रतिभाले अमेरिकी मात्र हैन विश्वभरिबाट अमेरिकन आइडल हेर्ने दर्शकको मन जितेका युवा गायक दिवेश पोखरेल भोलि आइतवार हुने टप सेभेनका लागि बलियो प्रतिस्पर्धी पनि बनेका छन् ।

आज (शनिवार) बिहान दिवेश पोखरेलकी ९३ वर्षीय हजुरआमा सहित स्थानीयहरुले कलंकी मन्दीर परिशरमा ब्यानर प्रदर्शन गरेका छन् ।

स्थानीयहरुले गायक पोखरेको समर्थनमा भोटिंग अभियान समेत शुरु गरेका छन् ।

समर्थन अभियानको अगुवाई गरेका गायक पोखरेलका छिमेकी बिक्की श्रेष्ठले नेपाली प्रतिभा अमेरिकन आइडल जस्तो विश्व चर्चित गायन प्लेटफर्म पुग्नु गौरवको विषय भएको बताए ।

युवा गायक पोखरेलको समर्थनमा भोटिङ गरेर सबै नेपालीलाई सहयोग गर्न आग्रह पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?