कोरोना अपडेट : विश्वमा पौने ३ लाख बढीको मृत्यु, ४० लाख भन्दा धेरै संक्रमित

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ७६ हजार २५१ जनाको मृत्यु भईसकेको छ भने ४० लाख १४ हजार ४३६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १३ लाख ८७ हजार २३० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४८ हजार ६९९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७८ हजार ६१६ जनाको मृत्यु भईसकेको छ भने १३ लाख २२ हजार १६३ जनालाई संक्रमण भएको छ ।

यो समाचार तयार पार्दासम्म त्यहाँ आज थप १ जनाको मृत्यु भएको छ भने ३७८ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २६ हजार २९९ जनाको मृत्यु भएको छ भने २ लाख ६० हजार ११७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३० हजार २०१ जनाको मृत्यु भएको छ भने २ लाख १७ हजार १८५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३१ हजार २४१ जनाको मृत्यु भएको छ भने २ लाख ११ हजार ३६४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म १ हजार ७२३ जनाको मृत्यु भएको छ भने १ लाख ८७ हजार ८५९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २६ हजार २३० जनाको मृत्यु भईसकेको छ भने १ लाख ७६ हजार ७९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ५१० जनाको मृत्यु भएको छ भने १ लाख ७० हजार ५८८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ब्राजिलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १० हजार १७ जनाको मृत्यु भएको छ भने १ लाख ४६ हजार ८९४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै १ हजार २ जना संक्रमित थपिएका छन् भने २५ जनाको आजै मृत्यु भएको छ । त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ६८९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३५ हजार ५६९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ईरानमा महामारीको प्रकोपबाट अहिलेसम्म ६ हजार ५४१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४ हजार ६९१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै चीनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ६३३ जनाको मृत्यु भएको छ भने ८२ हजार ८८७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज थप १ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै क्यानडामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म् ४ हजार ५६९ जनाको मृत्यु भईसकेको छ भने ६६ हजार ४३४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीबाट १ हजार ७१४ जनाको मृत्यु भएको छ भने ६१ हजार ८४७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै छिमेकी देश भारतमा अहिलेसम्म १ हजार ९८६ जनाको मृत्यु भएको छ भने ५९ हजार ७६५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै थप १ जनाको मृत्यु भएको छ भने ७० जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ५२१ जनाको मृत्यु भईसकेको छ भने ५२ हजार ११ जनालाई संक्रमण भएको छ ।

त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ३५९ जनाको मृत्यु भएको छ भने ४२ हजार ९३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै मेक्सिकोमा कोरोनाको महामारीबाट आज मात्रै १९९ जनाको मृत्यु भएको छ भने १ हजार ९०६जना संक्रमित आजै थपिएका छन् ।

योसँगै त्यहाँ ३ हजार १६० जनाको मृत्यु भएको छ भने ३१ हजार ५२२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै स्विट्जरल्याण्डमा अहिलेसम्म १ हजार ८२३ जनाको मृत्यु भएको छ भने ३० हजार २०७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै इक्वेडरमा अहिलेसम्म १ हजार ७०४ जनाको मृत्यु भईसकेको छ भने २८ हजार ८१८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै पोर्चुगलमा अहिलेसम्म १ हजार ११४ जनाको मृत्यु भईसकेको छ भने २७ हजार २६८ जनालाई संक्रमण भएको छ । त्यस्तै स्विडेनमा यो समाचार तयार पार्दासम्म ३ हजार १७५ जनाको मृत्यु भईसकेको छ भने २७ हजार २६८ जनालाई संक्रमण भएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा आज २७५ जनाको मृत्यु भईसकेको छ भने ५ हजार १४५ जना नयाँ संक्रमित थपिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?