इनरुवा । आरजे तथा मैथली गीतकार सरोज मण्डलको आज ४० वर्षका उमेरमा निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित मण्डलको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको परिवारजनले जनाएका छन् ।
सुनसरी, हरिनगर गाउँपालिका–५ वसन्तपुरका मण्डल सदरमुकाम इनरुवास्थित पपुलर एफएमका मैथली कार्यक्रम प्रस्तोतासमेत थिए ।
उनले एफएमका माध्यमबाट मधुर मिथला कार्यक्रम चलाउँदै आएका थिए । विभिन्न गीतसमेत लेखेका मण्डल समाजमा रहेका विकृतिविसङ्गतिविरुद्ध सधैँ लडिरहने व्यक्तित्वका रुपमा समेत पहिचान बनाउन सफल थिए ।
उनको आजै हिन्दू परम्परानुसार अन्त्येष्टि गरिने परिवारिक स्रोतले जनाएको छ । उनको निधनप्रति नेपाल पत्रकार महासंघ सुनसरीका सदस्य अजितकुमार झाले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना दिएका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया