काठमाडौं । प्रदेश १ मा थप ८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । कोशी अस्पताल उपचाररत उनीहरुलाई शुक्रवार बिहान डिस्चार्ज गरिएको हो ।
दोस्रो पटक आरडिटी, पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।
बुधवार मात्रै ६ जना कोरोनालाई पराजित गर्दै डिस्चार्ज भएका थिए । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा अब १७ जना कोरोना संक्रमित रहेका छन् ।
उनीहरु सबैको अवस्था सामान्य रहेको छ । प्रदेश १ मा जम्मा कोरोना संक्रमितको संख्या ३१ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया