बाँकेमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या २३ पुग्यो

काठमाडौं । बाँकेमा मात्रै कोरोनाभाइरस संक्रमितको संख्या २३ पुगेको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेकोस्वास्थ्य मन्त्रालयले जनाएको छ । आज थप ७ जनामा कोरोना पुष्टि भएसँगै सो संख्या पुगेको हो ।

हाल नेपालगन्जमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि स्थानीयप्रशासनले नेपालगन्ज उपमहानगर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरको छ ।

नेपालगन्जमा आज मात्रै थप ७ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । नेपालगञ्जको प्रयोगशालामा गरिएको परिक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । उनीहरु सबै नेपालगञ्ज ८ निवासी २२, ३० र ४० वर्षका पुरुषहरु रहेका छन् भने ९, ३२, ३४ र ५५ वर्षीया महिलाहरु रहेको स्वास्थ्यमन्त्रालयले जनाएको छ ।

यसअघि बाँकेमा एकैदिन १५ जना कोरोना संक्रमित फेला परेका थिए । संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

यो पनि पढ्नुहोस् : कोरोना अपडेट : विश्वमा २ लाख ५२ हजार भन्दा धेरैको मृत्यु, कति छन् संक्रमित ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?