काठमाडौं । नेपालगञ्जमा भोलिदेखि कर्फ्यू लग्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलवार बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जमा कर्फ्यू लगाउने निर्णय गरेको हो ।
कर्फ्यूको समयमा औषधि पसलबाहेक अरु सबै पसलहरु खोल्न नपाइने प्रमुख जिल्ला अधिकारी कुमार बाहादुर खड्काले जानकारी दिए ।
बाँके जिल्लामा एकै दिनमा १६ जनामा कोरोना संक्रमण देखिएपछि प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालसहितको टोलीले नेपालगञ्ज पुगेर कम्तीमा तीन दिन कर्फ्यु लगाउन जिल्ला प्रशासनलाई सुझाव दिएको थियो ।
हिजो मात्रै नेपालगञ्जमा १५ जनाका कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो । त्यस्तै आईतवार ९० जनाको स्वाब संकलन गरेर ६० जनाको परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यस्तै, परीक्षण गरिएको स्वाबमध्ये ३० जनाको रिपोर्ट आँउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया