काठमाडौं । सप्तरीमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
राजगढ गाउँपालिका-४ छातापुर टोल बस्ने बेलही चपेना गाउँपालिका-७ घर भएका २५ वर्षीय शम्भु कुमार रामलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । सुरक्षा बेस क्याम्प पत्थरगढाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस बारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया