काठमाडौं । पछिल्लो समयमा उपत्यकामा गाडीको चाप बढ्न थालेको छ । महानगरीय प्रहरी कार्यालयका अनुसार उपत्यकामा पछिल्ला दिनमा गाडी निक्कै बढी गुड्न थालेका छन् ।
सवारीको चाप बढ्न थालेकाले ट्राफिक नियम उल्लङ्घनविरुद्धसमेत कारवाही थालिएको ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले जानकारी दिए । मुख्यगरी बाहिरी जिल्लाबाट पास पाएका गाडीसमेत भित्रिने गरेका, राहत वितरण र अत्यावश्यक सामान ओसारपसारमा प्रयोग भएका गाडीको चापसमेत बढेको प्रहरीले जनाएको छ ।
यस्तै बैंक तथा वित्तीय संस्था, विभिन्न उद्योग आयोजना सञ्चालन हुन थालेकाले गाडीको चाप बढेको ढकालले बताए। कतिपयले जवर्जस्तीसमेत गाडी चलाउने गरेको पाइएको छ ।
- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया