खोलामा डुबेर एक बालकको मृत्यु

काठमाडौं । लकडाउनका समयमा माछा मार्न गएका एक बालकको आज प्युठानको माडी खोलामा डुबेर मृत्यु भएको छ । माछा मार्नका लागि साथीसँगै खोलामा गएका स्वर्गद्वारी नगरपालिका-३ बाटुलेका १० वर्षीय आरजु खत्रीको डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय भिङ्ग्रीले जनाएको छ ।

खत्रीको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा राखिएको इलाका प्रहरी कार्यालयका प्रमुख बुद्धि रानाले जानकारी दिए ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?