काठमाडौं । कैलालीमा १६ बर्षिय युबती माथी बलत्कार गर्न खोज्ने २ जना प्रकाउ परेका छन । प्रकाउ पर्नेमा उनकै १७ बर्षिय श्रीमान र जेठाजु छन ।
कैलालीको गौरीगंगा नगरपालिका बस्दै आएकी ति १६बर्षिय युबती लाई उनकै श्रीमानले जेठाजुलाई बलत्कार गराउन सहयोग गरेको उजुरीको आधारमा दुबै लाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख एबं प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेत ले जानकारी दिए ।
उनलाई शुक्रबार पक्राउ गरिएको उनले बताए ।यहि १५ गते बेलुकी खाना खाई पिडितको श्रीमान लाई निजको दाजुले बिरालो मार्न जाउँ भनी घरबाट पठाई म एक्लै आप्नो कोठामा सुति राखेको अबस्थामा जेठाजुले हात समाती जबरजस्ती गर्न खोजेको भन्दै पिडितले उजुरी दिएको उनले बताए ।
जबरजस्ती करणी गर्न लाग्दा आफु रोईकराई गरी होहल्ला हुन जादा जबरजस्तीकरणी हुनबाट जोगीएको र उतm कुरा कसैलाई भने ज्यान बेपत्ता पार्ने सम्मको धम्की जेठाजुले दिएको पिडित ले उजुरीमा उल्लेख गरेकी छन उनले भने ।
भोलीपल्ट १६ गते साझ पुनः बिरालो मार्न जाउँ भनि घरबाट पठाएको र कोठा बन्द गरी एक्लै सुतिरहेको अबस्थामाम ढोका ढकढक गरेको र जेठाजुनै होला भनी नखोलेको पिडितको भनाई छ ।
उल्टै मेरो श्रीमान र जेठाजु मिली ढोका किन नखोलेको भनी कुटपिट गरेको पिडितको जाहेरीमा छ ।
मलाई जेठाजु बाट जबरजस्ती करणी गराउन सहयोग गरेको हुंदा कार्बाही गरी पांउ भनी जाहेरी आएकोमा उनकै श्रीमान र जेठाजु लाई प्रकाउ गरी थप अनुसनधान भई रहेको प्रहरी नायब उपनिरक्षक बस्नेत ले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया