काठमाडौं । लकडाउनका कारण समस्यामा परेका नागरिकहरुलाई समाज उत्थान महिला मञ्चले राहत वितरण गरेको छ । लकडाउनका कारण समस्यामा परेका असंगठित क्षेत्रका मजदुर, अपाङ्गता भएका व्यक्ति र सुत्केरी महिलाहरुलाई राहत वितरण गरिएको हो ।
पहिलो चरणमा ३ सय जनालाई राहत वितरण गरिएको संस्थाका अध्यक्ष निर्मला श्रेष्ठले बताए । प्रति व्यक्ति १० किलो चालम, २ लिटर तेल, १ किलो नुन र २ वटा हातधुने साबुन हस्तान्तरण गरिएको उनले बताए । राहतका लागि ४ सय जनाले नाम लेखाएका थिए ।
https://www.facebook.com/lokpath/videos/236229551022118/?t=0
काठमाडौं महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष खेमराज तिवारीले वडासँगको सहकार्यमा महिला मञ्चले राहत वितरण गरेको बताए । लक डाउनको प्रकृया लामो भएमा पुनः राहतका प्याकेज घोषणा गरी वितरण गर्ने उनले बताए ।
नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले संगठित क्षेत्रका मजदुरहरुलाई सम्बन्धित संघसंस्थाहरुले राहत विरतण गरेपनि असंगठित क्षेत्रका मजदुर समस्यामा परेको बताए ।
महिला मञ्चले नयाँ बसपार्क क्षेत्रमा राहत वितरण गरेको हो । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछि दैनिक ज्यालादारी गर्ने मजदुर र अन्य असंगठित क्षेत्रमा काम गर्ने व्यक्तिहरु प्रभावित बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया