काठमाडौं । दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलस्थित खहरे चोकबाट अवैध लागूऔषध ब्राउनसुगर (करिब ४ ग्राम), नाइट्राभेट ट्याबलेट ७ पिस र नगद १ लाख २२ हजार ९ सय ९० रुपैयाँ सहित रौतहट चन्द्रनिगाहपुर नगरपालिका-४ गैडा बस्ने २७ वर्षीय नर बहादुर गोलेलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा कोभिड-१९ समन्वय डेस्कमा खटिएको प्रहरीले काठमाडौंबाट रौतहटतर्फ जाँदै गरेको प्रदेश ३-००२-१२ प ७४७९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक गोलेलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
उक्त घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया