काठमाडौं । हाँस्यटेलिश्रृंखला भद्रगोलका कलाकार सुवास कार्की ‘विलासे’ लाई कोरोना संक्रमण देखिएको छ ।
भद्रगोलमा ‘विलासे’को नामबाट परिचित उनी विगत २ वर्षदेखि लण्डनमा बस्दै आएका थिए ।
कोरोना पुष्टि भएसँगै लण्डनको आफ्नो घरमा नै आइसोलेसनमा राखिएको उनका सहकर्मी कुमार कट्टेल ‘जिग्री’ले लोकपथलाई जानकारी दिए ।
साथै हाल ‘विलासे’सँगको सम्पर्कमा रहँदा उनले आफ्नो स्वास्थ्यमा सुधार आएको बताएको कट्टेलले लोकपथलाई बताए । साथै पहिले भन्दा सहज महसुस भएको बताएको पनि जिग्रिले जानकारी दिएका छन् ।
उनका साथीहरु कोरोना संक्रमण बढेसँगै नेपाल फर्किएका थिएका थिए भने उनी भने उतै बसेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया