काठमाडौं । ज्वरो नाप्ने थर्मल गन कालोबजारी आरोपमा पक्राउ परेका सुलभ अग्रवाल काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएको केहि बेरमै पुन: पक्राउ परेका छन् ।
अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनेवित्तिकै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
उनीमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी विषयमा अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । अग्रवाललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाइने प्रहरीले जनाएको छ ।
शंकर ग्रुपका मालिक तथा जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक समेत रहेका अग्रवाल गत चैत २५ गते कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए । अग्रवालले कुटनीतिक गाडी प्रयोग गरि ३ हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा उनी पक्राउ परेका थिए ।
गत मंगलबार उनीविरूद्ध कालोबाजारीमा मुद्दा परेको थियो । उक्त मुद्धाको थुनछेक आदेश गर्दै न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले २५ लाख ५० हजार धरौटीमा छोड्ने आदेश गरेको काठमाडौं जिल्ला अदालतले जनाएको छ ।
यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ?
कुटनीतिक गाडीको दुरुपयोग गरि कालोबजारी गर्ने काउन्सुलर सुलभ अग्रवाल पक्राउ
सुलभ अग्रवाललाई ५ दिन थुनामा राखि अनुसन्धान गरिने
कालोबजारीको आरोपमा पक्राउ परेका अग्रवालविरुद्ध मुद्धा दायर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया