२५ लाख धरौटीमा छुट्ने भए शंकर ग्रुपका मालिक अग्रवाल

काठमाडौं । ज्वरो नाप्ने थर्मल गन कालोबजारी आरोपमा पक्राउ परेका सुलभ अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।

शंकर ग्रुपका मालिक तथा जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक समेत रहेका अग्रवाल गत चैत २५ गते कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए।

अग्रवालले कुटनीतिक गाडी प्रयोग गरि ३ हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा उनी पक्राउ परेका थिए ।

गत मंगलबार उनीविरूद्ध कालोबाजारीमा मुद्दा परेको थियो । उक्त मुद्धाको थुनछेक आदेश गर्दै न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले २५ लाख ५० हजार धरौटीमा छोड्ने आदेश गरेको काठमाडौं जिल्ला अदालतले जनाएको छ ।

अग्रवाललाई २५ लाख ५० हजार धरौटी दिएमा पुर्पक्षका लागि थुनामुक्त गर्नु भन्ने आदेश भएको र उनले धरौटी बुझाएपछि थुनामुक्त हुनेछन् ।

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ?

कुटनीतिक गाडीको दुरुपयोग गरि कालोबजारी गर्ने काउन्सुलर सुलभ अग्रवाल पक्राउ

सुलभ अग्रवाललाई ५ दिन थुनामा राखि अनुसन्धान गरिने

कालोबजारीको आरोपमा पक्राउ परेका अग्रवालविरुद्ध मुद्धा दायर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?